प्रहरी कार्यालय
जिल्ला कास्की पोखरा नगरपालिका १ जौवारी स्थित अवैध रूपमा नदीजन्य पदार्थ मसिनो गिट्टी हेम्जाबाट पोखरा तर्फ ल्याउदै गरेको ग१क ४३८९ र ग१क ५८१२ नं.को २ वटा टिप्परलाई चेकमा खटिएको प्रहरी ३ जनाको टोलीले नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि पोखरा म.न.पा.को कार्यालय पठाइएको ।
जिल्ला म्याग्दी बेनी न.पा.२ रानीवनमा बाग्लुङबाट बेनी तर्फ आउदै गरेको ग१क ५६७३ नं.को ट्रक र बेनीबाट बागलुङ तर्फ जाँदै गरेको ध२प १९५७ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाई मोटरसाइकल चालक जिल्ला म्याग्दी बेनि न.पा.३ भकिम्ली बस्ने वर्ष २८ को कमल सापकोटा घाईते भएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली खटीगई घाईतेलाई उपचारको लागि बेनी अस्पताल म्याग्दी पठाईएको, निजको दाँहिने हातको पाखुरामा काटेको चोट, वायाँ खुट्टामा भित्री चोट अवस्था मध्यम, उपचारमा निजको अंकल संलग्न, ट्रक चालक र ट्रक नियन्त्रणमा लिएको ।
जिल्ला कास्की पोखरा म.न.पा. ९ पृथ्वीचोक देखी नागढुङ्गा तर्फ आउदै गरेको बा ०३-०१०२४ च ९७७८ नं.को कार र बिपरित दिशा तर्फबाट जादै गरेको ग ११ प १६६ नं.को मोटरसाइकल ठक्कर खादाँ मोटरसाईकल चालक जिल्ला स्याङ्जा फेदीखोला गा.पा.४ बस्ने वर्ष २९ को दिपेन्द्र रोकाया घाईते भई उपचारको लागि चरक मेमोरियल अस्पताल लगेको टाउको र दायाँ खुट्टामा चोट, अवस्था मध्यम, सवारी साधनहरु प्रहरीको नियन्त्रणमा कार चालक उपचारमा रहेको ।
जिल्ला स्याङजा पुतलीबजार नगरपालिका २ देविस्थान भित्री सडक खण्डमा देवी स्थानबाट प्रगतिनगर तर्फ आउदै गरेको लु ३ च २३२१ नं.को जिपको पछाडि झुण्डिएकी जिल्ला स्याङजा पुतलीबजार न.पा.२ बस्ने बर्ष ३२ की माया परियार अचानक खसी घाईते भई जिल्ला अस्पताल स्याङजामा सामान्य उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर गरेको टाउकोमा भित्री चोट, अवस्था मध्यम गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला कास्की पोखरा म.न.पा. १३ बाझापाटनमा लक्ष्मी बरालले सञ्चालन गरेको बिशाल लक्ष्मी किराना पसलमा लगाएको सटरको ताला फोडी रहेको भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी ४ जनाको टोली खटीगई सटर फोडी भित्र प्रवेश गरेको अवस्थामा जिल्ला तनहुँ भिमाद नगरपालिका ३ बस्ने वर्ष १७ को ओम बहादुर आले मगरलाई ताला फोड्न प्रयोग गर्ने रड सहित नियन्त्रणमा लिएको छ ।
जिल्ला तनहुँ भानु न.पा.१३ सम्जुर बस्ने वर्ष २४ को अम्बर श्रेष्ठ आफ्नै घरको दोस्रो तल्ला कोठाको काठको बलोमा नाम्लोको डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा छ भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।